Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

देशभक्ति र राष्ट्रिय भावनाको गितमा महानायक राजेश हमालको अभिनय

  •   ३ वर्ष अघि | २९ पुस २०८०, आइतवार

पुस २९, काठमाडौँ । देशभक्ति र राष्ट्रिय भावनाले भरिएको गीत ‘मुटुभित्र नेपाल’ सार्वजनिक भएको छ । उक्त गितमा अभिनेता तथा महानायक राजेश हमालले अभिनय गरेका छन । कर्णप्रिय गीतमा प्रकाश पण्डितका शब्द रहेको छ भने थानेश्वर गौतमको सङ्गीत तथा स्वर रहेको छ । रोचक कुरा यस गितका गीतकार पण्डित काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हुन् ।

गीतमा रहेको  ‘मर्दा पनि मुटुभित्र नेपाल भनेर लेख्न पाइयोस्’ भन्ने शब्दले सबैको मन छुन्छ भने गीतको शब्द, शब्दमा देशको माया व्यक्त गरिएको छ । गीतको भिडियोमा महानायक हमालले अभिनयमार्फत देशको माया निकै मीठो तरिकाबाट आभास गराएका छन् भने गितमा लक्ष्मी पण्डितको प्रस्तुति रहेको छ ।

आम नागरिकमा देशप्रतिको माया ममता र आस्था बढाएर राष्ट्रिय भावना अभिवृद्धि गर्ने उद्देश्यले गीतकार पण्डितले यो गीत बनाएको पाइन्छ ।

  • न्युज बहार संवाददाता

थप