मंसिर २७, काठमाडौँ । भारतको प्रसिद्ध जी-नेटवर्कले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी अधिकार किनेको छ । यसबारे निर्माता समेत रहेका अभिनेता हरिहर अधिकारीले जानकारी दिएका हुन ।
हरिहर र
निर्मात्री निता ढुंगानाले यतिबेला भारतमा रहेका छन । उनिहरका अनुसार जि मिडियासँग
बुधबार राइट विक्रीबारे सम्झौता गरिएको छ । भारतको लोकप्रिय ओटीटी प्लाटफर्ममध्ये जी–नेटवर्कअन्तर्गत रहेको ‘जी-फाइभ’ पर्छ ।
- न्युज बहार संवाददाता