Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘कोशेढुंगा’ प्रदर्शनको दोस्रो सातामा, सकारात्मक ‘वर्ड अफ माउथ’ले फाइदा

  •   ११ महिना अघि | २२ भदौ २०८२, आइतवार

भदौ २२, काठमाडौँ । सफल चलचित्र पूर्णबहादुरको सारङ्गी का निर्देशक सरोज पौडेलको नयाँ फिल्म कोशेढुंगा प्रदर्शनको दोस्रो सातासम्म पनि राम्रो दर्शक आकर्षित गर्न सफल भएको छ। भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले सकारात्मक वर्ड अफ माउथको फाइदा उठाउँदै देशभरका हलहरूमा राम्रो उपस्थिति कायम राखेको छ।

निर्देशक पौडेलका अनुसार, विशेष गरी शुक्रबार र शनिबार फिल्मले उल्लेख्य संख्यामा दर्शक तानेको छ। उनका अनुसार दर्शकहरूले फिल्मको कथा र कलाकारहरूको अभिनय निकै मन पराइरहेका छन्।

निर्देशक पौडेलको धारणा अनुसार अहिलेका दर्शकहरू कन्टेन्ट बेस्डअर्थात् विषयवस्तुमा आधारित चलचित्रतर्फ आकर्षित भइरहेका छन्। कार्यकारी निर्माता दिनेश खड्काले कोशेढुंगा नेपाली समाजको घरघरको कथा बोकेको चलचित्र भएकाले दर्शकबाट प्रशंसा बटुलिरहेको बताए।

यद्यपि, फिल्मको आधिकारिक बक्स अफिस रिपोर्ट भने अझै सार्वजनिक भएको छैन।

  • न्युज बहार संवाददाता

थप