असोज १७, काठमाडौँ । चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । नेपाली सुगमसंगीतकी एक चर्चित गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको हो । उनलाई दमको रोग रहेको थियो । दमकै रोगका कारण उनको हिजो राती निधन बएको हो ।
उनले ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’, ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन’ र ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ लगायतका गीत गाएकी छन् ।
- न्युज बहार संवाददाता