Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन मेयर बालेन फ्रान्स प्रस्थान

  •   २ वर्ष अघि | १ जेष्ठ २०८१, मङ्लबार

जेठ १, काठमाडौँ । कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सतर्फ उनीसँगै दुई जना सल्लाहकार कुमार व्यञ्जनकार र सुनिल लम्साल पनि प्रस्थान गरेका हुन् । 

कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा बालेन फ्रान्स लागेका हुन । उनले त्याहाँ फेस्टिभलमा तीन दिन बिताउने कार्यक्रम रहेको छ ।

फेस्टिभल निर्देशक र मेयर लिसनार्डसँग उनको भेटवार्ता समेत हुने बताइएको छ ।

फेस्टिभलको रेड कार्पेट तथा प्रीमियरमा समेत बालेनले सहभागिता जनाउने निश्चित भएको छ । 

  • न्युज बहार संवाददाता

थप