माघ २१, काठमाडौँ
। विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डमा मिस नेपाल सृच्छा प्रधानले ‘वातावरणमैत्री’ सहरको परियोजना प्रस्तुत गर्ने
भएकी छन् ।
उनले यसका
लागि पाटन सहरलाई ‘इको-सिटी’को रुपमा विकास गर्ने अवधारणा अघि
सारेकी छन ।
उनले शनिबार
विश्व सिमसार दिवसको अवसरमा एक समारोह आयोजना गर्दै मिस वर्ल्डको गृहकार्यस्वरुप
आफू अहिल्यैदेखि तयारीमा जुटको बताएकी हुन । युवा उद्यमीले आफूले उत्पादन गरेका
वातावरणमैत्री घरेलु सामाग्रीदेखि पहिरनसम्म उक्त समारोहमा प्रदर्शनीमा राखिएको
थियो ।
- न्युज बहार संवाददातासटौ