जेठ १७, काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी फिल्म ‘छक्कापञ्जा ५’मा देखिने पक्का भएको छ । आज निर्माण युनिटले यस फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ जसमा अभिनेत्री वर्षा रहेकी छन । सार्वजनिक पोस्टरमा वर्षाको अलावा दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’ लाई पनि समावेश गरिएको छ ।
सार्वजनिक
पोस्टर अनुसार फिल्मको रिलिज मिति आगामी असोज २४ गते अर्थात फूलपातीको दिनलाई
राखिएको छ ।
आजैबाट फिल्मको
छायाङ्कन सुरु हुने जनाइएको छ ।
- न्युज बहार संवाददाता