पुस ११, काठमाडौँ
। अभिनेत्री बिपना थापा धेरै समयपछी नेपाली फिल्म अभिनयमा फर्किएकी छन् । १३
वर्षपछि उनी फिल्म ‘ह्रस्व
दीर्घ’ मार्फत अभिनयमा
फर्किएकी हुन् । हाल चितवनमा यस फिल्मको छायाङ्कन भइरहेको छ ।
उनले १३
वर्षपछि फिल्म अभिनयमा फर्किदा आफू भावुक बनेको बताएकी छन । फिल्म सेटमा मेकअप
गर्दै गरेको अवस्थामा बाहिरिएको एक तस्बिरमा उनको आँखामा आँसु झल्किएको देख्न
सकिन्छ । उनले लामो समयपछि फिल्म अभिनयमा जोडिदा डेब्यु फिल्म झै अनुभूति
भएको प्रतिक्रिया समेत दिएकी छन् ।
- न्युज बहार संवाददाता