Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

सुटिङका क्रममा अभिनेता अजय देवगन घाइते

  •   ८ महिना अघि | १८ मंसिर २०८०, सोमवार

मंसिर १८, मुम्बई । आफ्नो आगामी फिल्म सिंघम अगेनका कारण बलिउड अभिनेता अजय देवगन लगातार चर्चामा रहेको छन् । सिंघम अगेन फिल्मका हालै केही पोस्टर सार्वजनिक गरिएको थियो। दर्शकहरूको यी पोस्टरहरूलाई हेरेर फिल्मप्रति उत्साह बढेको छ । अभिनेता अजय देवगन अचेल यही फिल्मको सुटिङमा व्यस्त रहेका छन ।

यसैबिच अहिले एउटा खबर बाहिर आएको छ की अजय देवगन यही सिंघम अगेन फिल्मको एक्सन सिक्वेन्स सुटिङको बेलामा घाइते भएका छन।

विले पार्लेमा निर्देशक रोहित शेट्टी र उनको टिमले हालै एक्सन सिनको सुटिङ गरेका थिए । त्यही बेलामा अजयको आँखामा चोट लागेको खबर सार्वजनिक भएको छ । खबर अनुसार लडाइँको दृश्य सुटिङ भइरहेको बेलामा झुक्किएर अजयको अनुहारमा लाग्दा आँखामा चोट लागेको हो । अजयले सुटिङबाट केही घण्टा ब्रेक लिएर चोटको उपचार गराएका थिए ।

सिंघम अगेनमा स्टार कास्टको  भिड रहेको छ ।  फिल्ममा अजयबाहेक दीपिका पादुकोण  र करिना कपुर र पनि छिन् । त्यसैगरी अक्षय कुमार  र रणवीर सिंह पनि महत्त्वपूर्ण भूमिकामा देखिने बताइएको छ । त्यस्तै फिल्ममा अर्का अभिनेता टाइगर श्रौफ पनि देखिनेछन् ।

  • न्युज बहार संवाददाता

थप