माघ १०, काठमाडौँ । फिल्म ‘एक्टरः टेक वन’ यही आउँदो माघ १६ गते रिलिज हुँदै छ । यसैबिच फिल्म ‘एक्टरः टेक वन’ ले ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । ‘एक्टिङ कन्टेस्ट’का विजेतालाई ‘एक्टरः टेक वन’ को निर्माण कम्पनी अधृत फिल्स् प्रालिले निर्माण गर्ने आगामी फिल्ममा अभिनय अवसर दिइने घोषणा गरेको हो ।
विश्वभरका नेपालीले यस कन्टेस्टमा सहभागिता जनाउन
सक्ने तथा
सहभागीको लागि फिल्म ‘एक्टरः टेक वन’ को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि
भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाउनु पर्ने छ। साथै उक्त भिडियोलाई आफ्नो सोसल मिडिया
ह्यान्डलमा पोस्ट गर्नुका साथै पोस्ट गर्दा यस फिल्मका ह्यान्डलहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा
ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा लेख्नुपर्ने छ ।
- न्युज बहार संवाददाता