फागुन १५, काठमाडौँ । भजन शिरोमणी वरिष्ठ
गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरिरलाई अहिले सानो गौचरणस्थित संगीत
तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । यसै क्रममा आचार्यप्रति राजनीतिज्ञ, कलाकार, समाजसेवी र आम सर्वसाधारणले समेत अन्तिम
श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पार्थिव
शरिरमा पुष्पगुच्छा अर्पण गर्दै वरिष्ठ फिल्म निर्देशक नीर शाह, अभिनेता हरिहर शर्मा, माइती नेपालकी अध्यक्ष अनुराधा
कोइराला, नेपाली
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रतिष्ठानकी कुलपति निशा
शर्मासहित फिल्म अभिनेता, संगीतकर्मी
र सर्वसाधारणले आचार्यको श्रद्धाञ्जली व्यक्त गरेका हुन ।
उनका गीत
लोकप्रिय गितहरुमा जति चोट दिन्छौ, मुटु जलिरहेछ, हजार सपनाहरूको, जहाँ छन् बुद्धका आँखा, हजार आँखा हेर्ने, माया मेरी
साँझ बिहान लगायत छन् । उनको पार्थिव शरीरलाई अन्तिम
श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । आचार्य गायक
सत्यराज आचार्य र स्वरूपराज आचार्यका पिता हुन् ।
- न्युज बहार संवाददाता