पुस १६, काठमाडौँ । सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तक प्रकाशित हुने भएको छ । पुस्तकको नाम ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरंग’ रहने छ । पुस्तक प्रकाशन हुने भएपछी पुस्तकको अग्रिम बुकिङ पनि खुला गरिएको छ ।
ब्याण्डका
संस्थापक एवं मुख्य गायक अमृत गुरुङका अनुसार अहिले सम्म अनेक जिज्ञासाहरूको
जवाफ दिँदैआएकोमा अब नसोधिएका थुप्रै प्रश्नहरूको
उत्तर यो पुस्तकले दिने छ ।
उक्त पुस्तकमा
नेपथ्यको जन्म, उतारचढाव
तथा गीतहरूको खोजीमा गरिएका संघर्षहरूको अनुभव पढ्न सकिने अमृत गुरुङले जनाएका छन ।
पुस्तक अग्रिम
बुकिङका लागि नेपथ्य ब्याण्डको वेबसाइट www.nepathya.com.np मा गर्न सकिने छ । अनलाइनबाट बुकिङका गर्दा १३ वटा फरकफरक स्किम
उपलब्ध हुनेछ ।
- न्युज बहार संवाददाता