Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रभासको फिल्म कल्की २८९८ एडीको ७ दिनको कलेक्सन ६१० करोड भारु

  •   २ वर्ष अघि | २० असार २०८१, बिहिबार

असार २०, काठमाडौँ । अहिले दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा आफनो दबदबा बनाएको छ । फिल्म कल्कीको कमाइले नयाँ उचाइ छोएको छ ।

ग्लोबल बक्स अफिसबाट फिल्मले ६ सय करोडभन्दा बढी कमाएर नयाँ कीर्तिमान बनाएको हो । सामाजिक सञ्जालमा फिल्मका निर्माता बैजयन्ती मुभिजले आफ्नो कलेक्सनको अपडेट शेयर गरि जानकारी दिएको छ ।

२७ जुनमा कल्की २८९८ एडी रिलिज भएको थियो । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा करिब ३९३ करोड ४० लाख भारुको व्यापार गरेको थियो । भारतमा ७ दिनमा फिल्मको ग्रस कलेक्सन ४४१ करोड ५० लाख भारु पुगेको स्याकनिल्कको रिपोर्टले जनाएको छ ।

त्यस्तै फिल्मले विदेशी बक्स अफिसमा  १६८ करोड ५० लाख भारु कमाएको छ । यसरी हेर्दा फिल्मको ७ दिनको कुल कलेक्सन करिब ६१० करोड भारु रहेको छ ।

  • न्युज बहार संवाददाता

थप