Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जापानमा दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  •   २ वर्ष अघि | ३१ बैशाख २०८१, सोमवार

बैशाख ३१, काठमाडौँ । जापानमा दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यस समारोहमा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट सम्मान प्रदान गरिएको छ ।

उक्त समारोह जापानको राजधानी टोकियोमा आयोजित गरिएको थियो । २६ विधामा अवार्ड प्रदान गरिएको समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी समेत सहभागी रहेका थिए ।

त्यस्तै  समारोहमा संगीतकार संघका अध्यक्ष चेतन सापकोटा पनि सहभागी थिए । कार्यक्रममा संगीतकार बास्कोटालाई ७१ हजार १०१ रुपैयाँ राशिसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका पनि दिएका थिए ।

  • न्युज बहार संवाददाता

थप