Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कृषकलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम

  •   ३ वर्ष अघि | १२ चैत्र २०८०, सोमवार

चैत १२, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ का सुन्तला खेती गर्ने किसानहरुलाई  सुन्तलाको उत्पादन बृद्धी गर्ने सम्बन्धी सिपमुलक तालिम दिइएको छ । ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम गाउँपालिकाको कृषि विकास शाखाले दिइएको हो ।

कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालका अनुसार पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत उत्पादन विकासमा सघाउने उद्देश्यले तालिम दिइएको हो । तालिमको लागि सहजीकरणमा बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटा र कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्कीले सहयोग गरेका थिए।

बगैंचाको निर्माण भएको स्थानको भौगोलिक विशेषता, स्याहार, मलजल, रोग नियन्त्रणबारे प्रशिक्षण दिइएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले जानकारी दिएका छन । 

  • न्युज बहार संवाददाता

थप