वैशाख १७, काठमाडौँ । रासायनिक मल खरिद गर्दा लाग्ने समय अब घट्ने देखिएको छ । सरकारले मल खरिद प्रकृया घटाएको छ।
पहिलो
पटक रासायनिक मल खरिद सम्बन्धी प्रावधान सार्वजनिक खरिद नियमावली-२०६४ को १४औं
संशोधन मार्फत समेटिएको हो।
वैशाख १५
गतेको राजपत्रमा संशोधित नियमावली प्रकाशित गरिएको छ।
रासायनिक
मल खरिदका लागि आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सो मिति
र समयमा उपस्थित हुन राष्ट्रिय स्तर वा अन्तराष्ट्रिय स्तरको बोलपत्रको हकमा
कम्तीमा ७ दिनको अवधि दिई सूचना गर्नुपर्ने संशोधित नियमावलीले उल्लेख छ।
त्यस्तै बोलपत्रदाताले पेस गरेको प्राबिधिक
प्रस्ताव खोलेको मिति देखि ३० दिन सम्म बोलपत्र मान्य हुने अवधि उल्लेख गर्नुपर्ने
प्रतिबन्धात्मक नियम पनि नियमावलीमा थप गरिएको छ।
- न्युज बहार संवाददाता