Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विद्यालयले जग्गा भाडामा लिएर च्याउखेती सुरु, विधार्थिहरु पढाइसँगै आम्दानी पनि गर्दै

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, म्याग्दी । म्याग्दी जिल्लाको दुई गाउँपालिकामा विद्यालय परिसरमै च्याउ तथा तरकारी खेती गरिएको छ ।  म्याग्दीको मालिका गाउँपालिका–७ बिम र मङ्गला गाउँपालिका–२ बाबियाचौरमा विद्यार्थीले विद्यालय परिसरमै च्याउ र तरकारीखेती गरेर पढाइसँगै राम्रो पैसा पनि कमाएका छन् ।

प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले मङ्गला  वडा नम्बर २ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका  वडा नम्बर ७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा फलफूल, तरकारी र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीका अनुसार मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका छन ।

उक्त च्याउलाई बजारमा बिक्री गरी विधार्थीहरुले राम्रो आम्दानी गरेको मङ्गला माध्यमिक विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जनाएका छन ।  विद्यार्थीले उत्पादन गरेको च्याउलाई बजारमा विद्यार्थी च्याउको नामले चिन्ने र खरिद गर्ने गरिएको छ ।

प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि विद्यालयले जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेको हो ।

  • न्युज बहार संवाददाता

थप