बैशाख ९,
काभ्रेपलाञ्चोक । आजदेखि किसानका गोठमै पुगेर पनौती नगरपालिकाले निःशुल्क
खोप अभियान सञ्चालन गरेको छ । नगरपालिकाले गर्मी बढेसँगै पशुमा विभिन्न रोग देखापर्न
सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसकै पूर्वतयारीस्वरुप खोप अभियान सञ्चालन सुरु
गरेको हो ।
नगरका
पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाका अनुसार गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा
भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप पनौती नगरले निःशुल्क लगाउने छ।
डेढ
महिना अभियानको रूपमा पनौती नगर क्षेत्रभित्रका सम्पूर्ण पशुमा रोग रोगथामका लागि किसानका
गोठमा गई निःशुल्क खोप लगाइने छ ।
यो
अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
- न्युज बहार संवाददाता