Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

समुहले टिमुरको बिरुवा बिक्रीबाट राम्रो आम्दानी गर्दै

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

पुस २, दाङ । टिमुरका बिरुवा बिक्री गरेर दाङ जिल्ला बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले वार्षिक रु दुई लाख बढी आम्दानी गरेको छ ।

वन समूहका अध्यक्षका अनुसार टिमुरका बिरुवा उत्पादन गरी जिल्ला लगायत रोल्पा, प्यूठान, रुकुम, सल्यान लगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरिएको छ ।

उनका अनुसार परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई अहिले आम्दानीको स्रोत बनाइएको छ । किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यका साथ बिगत पाँच वर्ष अघिदेखि टिमुरको विरुवाको नर्सरीका रूपमा विकास गरिएको छ । जिआइजेडले वन समूहले ‘ग्रीन हाउस’ र लुम्बिनी प्रदेश वन डिभिजन कार्यालयसँगको साझेदारीमा नर्सरीको लागि रु सात लाख लगातमा तीनवटा टनेल निर्माण गरेको थियो ।

वन समूहले सुरुका वर्षहरूमा साविकको राप्तीसँगै सुर्खेत, बाँके, गुल्मीलगायत ठाउँमा बिरुवा बिक्री गरेर वार्षिक रु १० लाखसम्म आम्दानी गरेका छन । अहिले वन समूहले वार्षिक २५ हजार बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएको छ । 

  • न्युज बहार संवाददाता

थप