Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

चियामा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु, चिया किसान व्यस्त

  •   २ वर्ष अघि | २२ चैत्र २०८०, बिहिबार

चैत २२, इलाम चियाको हब इलाम जिल्लामा यतिबेला चियाको पहिलो टिपाइ सुरु भएको छ । इलममा भएका बगानहरुको चियामा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो ।

किसानको भनाइ अनुसार यस वर्ष ढिलो पानी परेकाले चिया पनि ढिलो गरी नै पलाएको हो । गएका वर्षहरुमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको थियो । तर यस वर्ष पानि ढिला परेकोले चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको हो
अहिले जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको छ भने माथिल्लो क्षेत्रमा अझै चिया पलाइसकेको छैन । किसान ठाकुर खतिवडाका अनुसार लेकाली क्षेत्रमा अझै मुना पलाएको छैन यो समयमा मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको जनाइएको  । चियाको पहिलो उत्पादन गुणस्तरीय हुने गर्दछ भने यो पहिलो चिया महङ्गो मूल्यमा बिक्ने गरेको छ ।
पहिलो टिपाइलाई फस्ट फसलभन्ने गरिन्छ । फस्ट फसलबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् । बगानका मजदुर चियाको टिपाइ सुरु भएपछि व्यस्त बनेका छन् भने चिया कारखानाले पनि चिया प्रशोधनको तयारी सुरु गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप