फागुन
१४, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा
जमिन जोडिएको छ । एकतिर राष्ट्रिय निकुञ्जसँग जोडिएको उनको राधापुरस्थित उक्त
जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।
नन्दा
गिरीको बेलडाँडी–५
झिलमिलामा बस्ने घर छ । गिरीको घर र खेतीयोग्य जमिन रहेको राधापुरको बीच भएर चौधर
नदी बग्ने गर्छ । झिलमिलामा बसोबासका लागि घर भएपनि जङ्गली जनावरका कारण उनको
बासस्थान भने राधापुरमा हुने गरेको छ । उनका अनुसार निकुञ्जका जनावरहरुबाट आफुले
लगाएको खेती जोगाउन राधापुरमा मचान बनाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ
।
उनले भने, “निकुञ्जबाट जनावर आएर बाली
जोगाउनै हम्मेहम्मे पर्छ, खेतमै मचान बनाएका छौँ । राति
पनि त्यहीँ मचानमा बसेर जनावर धपाउने गरेका छौँ ।”
गिरीको
मात्रै होइन, यहाँका
करिब ५५ किसान परिवारको अवस्था यस्तै रहेको छ । राधापुरमा करिब ७२ बिगाह जमिन
रहेको छ भने जनावर धपाउन बास बस्नका हरेकको जमिनमा मचान बनाएको छ। जनावर धपाउन
खेतमा यहाँका किसानले प्लाष्टिक झुण्ड्याउनेदेखि मान्छेका आकारको जस्तै देखिने बुख्याचासमेत
राखेका छन् ।
- न्युज बहार संवाददाता