Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सुर्यमुखी खेतीबारे केही जानकारीहरु

  •   १ वर्ष अघि | २ चैत्र २०८१, शनिबार

चैत २, काठमाडौँ । हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिने वाली हो सुर्यमुखी । तर विचार गर्नु पर्ने कुरा भनेको यसको वीउ रोप्ने उपयुक्त समयको हो । सुर्यमुखीको बर्षे खेतीका लागि जेठको तेस्रो-चौथो हप्ता रोप्नु पर्दछ । त्यस्तै बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो-चौथो हप्तामा लगाउनु पर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता पनि बिस्तारै बढ्दै गएको छ ।

सुर्यमुखी वालीको वीउमा ४५५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । यसको तेल हल्का पहेंलो,वासना आउने खालको हुन्छ । यसको तेल सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ ।

सुर्यमुखी उम्रने र बेर्ना हुर्कने समयमा चिसो पन चाहिए पनि त्यस पछि फुल फुल्ने र पाक्ने समयमा गर्मी हावापानी नै उपयुक्त हुन्छ । सुर्यमुखीको राम्रो खेतीका लागि तापक्रम २०३५ डिग्री सेन्टिग्रड हुनु पर्दछ । दोमट माटो यसका लागि उत्तम मानिन्छ । यसको बालीमा माटोको पि.एच. ६.५ देखि ८..५ सम्म भए उपयुक्र मानिन्छ भने माटोमा पानी जम्नु राम्रो हुँदैन ।

  • न्युज बहार संवाददाता

थप