Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकै यामको कुरिलो खेतीबाट रु सात लाख सम्म मुनाफा

  •   २ वर्ष अघि | २ असार २०८१, आइतवार

असार २, नवलपरासी । कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले आर्जन गरेका छन् । 

विगत तीन वर्षदेखि नवलपरासी मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा कुरिलोखेती गरेका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् । उनले सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको बताएका छन । 

उनले हाल ५० कठ्ठामा कुरिलोखेती गरेका छन् । उनका अनुसार अहिले कुरिलोको सिजन हो अहिले कुरिलो टिप्ने, मुठा पार्ने बजार र पठाउने कार्य भइरहेको छ ।

उनले दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको बताएका छन । उनले उत्पादन गरेको कुरिलो अहिले स्थानीय बजारका साथै पोखरा, नारायणगढ र काठमाडौँमा समेत खपत हुने गरेको छ।

  • न्युज बहार संवाददाता

थप