चैत ३०, काठमाडौँ
। सुन्तलालाई सरकारले राष्ट्रिय फल घोषणा गरेको छ । आज शुक्रबार बसेको
मन्त्रीपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा गरेको हो ।
सुन्तलालाई
राष्ट्रिय फल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा राष्ट्रिय कृषि आनुवंशिक
स्रोत केन्द्र (जिन बैंक) ले अनुसन्धान गरी प्रस्ताव गरिएको थियो ।
उक्त
प्रस्तावमाथि विभिन्न चरणमा छलफल गरी कृषि मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव
लगेको थिए । सोही प्रस्तावलाई आज मन्त्रीपरिषद् बैठकले पारित
गरेको हो ।
- न्युज बहार संवाददाता