Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जलवायु परिवर्तनको मर्कामा सुन्तला किसान, समाधान नभएको कृषि ज्ञान केन्द्रको भनाई

  •   २ वर्ष अघि | १५ माघ २०८१, मङ्लबार

माघ १५, तनहुँ । तनहुँ जिल्लाका म्याग्दे गाउँपालिका र देवघाट गाउँपालिका केही क्षेत्रहरु सुन्तलाखेतीको पकेट क्षेत्रका रूपमा मानिन्छन् । त्यसमध्ये केही वर्षअघि सम्म गुञ्जार उमाचोकमा सुन्तला उत्पादन प्रशस्त हुनेमा पछिल्लो समय उत्पादनमा कमी आएको सुन्तला किसानहरुले बताएका छन ।

किसनका अनुसार दुई/तीन वर्षअघिसम्म यहाँ प्रशस्त सुन्तला उत्पादन हुने गरेको थियो, त्यसैले आम्दानी पनि पनि मनग्ये हुन्थ्यो तर अहिले फल नै कम लाग्न थालेको छ भने सुन्तलाको बोटमा विभिन्न रोग लग्ने गरेको छ ।  

आम्दानीको स्रोत नै सुन्तला भएका किसानहरु सुन्तला उत्पादन घटेपछी मारमा परेका छन ।

त्याहाँका एउटा बोटमा विगतमा सुन्तला एक क्रेट फल्थ्यो तर अहिले एक किलो पुग्नसमेत मुस्किल हुने गरेको छ ।

अघिल्लो वर्षसम्म ठिक ठाक उत्पादन भएको सम्झदै किसानहरु यस वर्ष भने फल नै कम लागेको दुखेसो गर्छन । गत वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका किसानहरु अहिले पहोरको आम्दानिको आधा पनि नहुने पिरमा छन ।  

कृषि ज्ञान केन्द्रका अनुसार सुन्तलाका बोटमा फल कमलाग्नु र रोग लाग्नु सबै जलबायु परिवर्तनले गर्दा भएको हो । यसको समस्या तत्कालका लागि केही नभएको केन्द्रले जनाएको छ । 

थप