Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अहिले सबै भन्दा सस्तो तरकारी काउली हो?

  •   २ वर्ष अघि | १७ माघ २०८१, बिहिबार

माघ १७, काठमाडौँ । केही दिन देखि स्थिर रहेको काउलीको मुल्य आज भने थोरै बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक असार आज काउलीको मुल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।  

कालीमाटी बजारमा जम्मा ३ प्रकारका काउली आउने गरेको छ । तिनिहरु ज्यापु, स्थानीय र तराई जातका हुन। समितिको तथ्यांक अनुसार कालीमाटी बजारमा ज्यापु काउलीको मूल्य आज पनि स्थिर रहेको छ भने स्थानीय काउली र तराई काउलीको मूल्य केही बढेको छ ।

आज स्थानीय काउली र तराई काउली प्रतिकिलो थोक मूल्य १० रूपैयाँ पुगेको छ । कालीमाटी बजारमा यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो २ रूपैयाँले बढी हो ।

सोमबारदेखि हिजो बुधबार सम्म काउली ८ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको थियो ।

अर्को तर्फ स्थानीय ज्यापु काउली भने प्रतिकिलो १५ रूपैयाँमा किनबेच भइरहेको छ। 

  • न्युज बहार संवाददाता

थप