Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

निगुरो सिजन : बिना लगानी आम्दानीको स्रोत बन्दै

  •   २ वर्ष अघि | ९ भदौ २०८१, आइतवार

भदौं ९, सर्लाही । गृहिणीहरूले तरकारी र अचारको सूचीमा राख्ने गरेको पर्याप्त पोषणतत्व भएको निगुरोलाई स्वादिलो तरकारीको सुचीमा राखिन्छ । निगुरोको अचार देशमा नखाने विरलै मात्रामा ।  प्रायः गृहिणीले निगुरो पाइने याममा तरकारीका लागि बहुपयोगी वनस्पति किन्ने गरेका छन् । 

दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर सर्लाही जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार निगुरो टिप्छिन् । उनले निगुरो राम्रो भेटिएको दिन एकैदिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको बताउँछिन । यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुने गरेको छ । उनका अनुसार दिनको सात सयसम्मको निगुरो टिप्ने गरिन्छ । 

सिजनको समयमा निगुरो टिपेरै सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले मनग्य आम्दानी गरिरहेका छन् । यस क्षेत्रका स्थानीयले विगत १० वर्षदेखि चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन् । 

चिसो झाडीमा उम्रिने यस बहुपयोगी निगुरोमा कुनै औषधि तथा विषादी प्रयोग गरिएको हुदैँन । त्यसैले यो लाभदायक हुन्छ । वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी लाग्दैन । यसरि बिना लगानी निगुरोको पोषण र स्वाद जस्तै आम्दानी पनि लोभलाग्दो छ । 

  • न्युज बहार संवाददाता

थप