Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

मंसिर १८, काठमाडौँ । अदुवा नेपाली भान्साघरमा प्रयोग हुने अदुवा नेपालको मध्यपहाडी क्षेत्रका कृषकहरूका लागि एउटा महत्त्वपूर्ण नगदे बाली हो । मध्यपहाडी क्षेत्रका कृषकहरूका लागि अदुवा खेती प्रमुख नगदे बाली को रूपमा स्थापित भइरहेको छ । पहाडी भेगमा मात्र नभएर पछील्लो समय तराई क्षेत्रमा पनि अदुवा खेतीको केही मात्रमा हुने गरेको पाइन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा नेपालमा नै उत्पादन भएको अदुवाले राम्रो सम्भावना देखाएको छ । नेपाली समाजमा मसला बालीको रूपमा प्रयोग हुँदै आएको अदुवाले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाउन थालेको छ ।

नेपालको सन्दर्भमा सरकारी निकायसँग नेपालमा अदुवाको माग र खपत कति हुन्छ भन्ने यकिन तथ्याङ्क भने छैन ।

नेपालको कुल अदुवा उत्पादनको ६० प्रतिशत भाग अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको उल्लेख नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले प्रकाशित गरेको अदुवा उत्पादन प्रविधिनामक  अध्ययन पुस्तिकामा छ । अन्तर्राष्ट्रिय बजारमा अदुवाबाट बनेका विभिन्न बस्तुको माग बढ्दो क्रममा छ ।  

सो अध्ययन प्रतिवेदनमा बाँकी ४० प्रतिशत उत्पादन भने आन्तरिक बजारमा खपत हुने गरेको अनुमान गरि उल्लेख गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप