Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लम्पी स्किन रोगको सङ्क्रमण पुन: फैलिदैँ

  •   १ वर्ष अघि | २३ असार २०८२, सोमवार

असार २३, ताप्लेजुङ । लम्पी स्किन रोगको सङ्क्रमण पुन: फैलिन थालेको छ। अहिले ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन फैलिएको छ । जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा सङ्क्रमण देखिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

हालसम्म ३४ पशु बस्तुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि र सङ्क्रमण सिदिङ्वा गाउँपालिकाका, मेरिङदेनका १०, सिरिजङ्गाका ५, फक्ताङलुङका दुई, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका आठ पशु बस्तुमा देखिएको केन्द्रका प्रमुख डा रोशन दाहालले जानकारी दिएका छन।

लम्पी स्किन सुरुमा फुङलिङ नगरपालिका१० फुरुम्बु र वडा नं ७ तथा ८ दोखुमा देखिएको थियो । सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अन्य सम्बन्धित निकायले सङ्क्रमण नियन्त्रणका लागि रोकथाम उपाय अपनाएका छन् । 

  • न्युज बहार संवाददाता

थप