Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चैतमा पाक्ने काफल अहिले नै पाक्न थाल्यो, स्थानिय अचम्मित

  •   २ वर्ष अघि | ३ माघ २०८१, बिहिबार

माघ ३, दाङ । जलवायु परिवर्तनको असरका कारण चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतका वर्षहरुमा चैतमा मात्रै फल्ने चैते काफल यो वर्ष पुष माघमै फल्न थालेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पुषमै काफल पाक्न थालेको छ । यस क्षेत्रमा विगत वर्षदेखि कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेको हो

केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा स्थानियहरु अचम्मित भएका छन । यो वर्ष पुसमै काफल पाकेर चाखेको उनिहरुको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा  प्रमुख धनराज गौतमले  यस वर्ष चिसो मौसममा पनि तापक्रम नघटेको कारण यस्तो भएको हुन सक्ने जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप