बैशाख
२३,काठमाडौँ । प्याज निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटाएको छ । भारत सरकारले
सन् २०२४ मा प्याजको उत्पादन बढेपछि यस्तो निर्णय गरेको हो ।
उपभोक्ता
विभाग सचिव निधि खरेले शनिबार पत्रकार सम्मेलन गर्दै आजबाट प्याज निकासीमा लगाइएको
सबै प्रतिबन्ध हटाइएको बताएका हुन ।
यस वर्ष
रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने
अपेक्षा गरिएको सचिव खरेले जनाएका छन ।
- न्युज बहार संवाददाता