मंसिर १२, गुल्मी ।
यस वर्ष गुल्मी जिल्लामा
धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालका अनुसार जिल्लामा गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन
धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको हो ।
यो वर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि धानखेती गरिएको
क्षेत्रफल भने घटेको बताइएको छ । गत
वर्ष जिल्लाको सात हजार
चार सय ३९ हेक्टरमा धानखेती गरिएको थियो भने यस वर्ष
सात हजार दुई सय ८८ हेक्टरमा धान ति गरिएको प्रमुख धितालले जनाएका छन ।
यस वर्ष
धान उत्पादन बढ्नुको मुख्य कारण उन्नत तथा हाइब्रिड बीउको प्रयोग, समयमा वर्षा,
यान्त्रिकीकरण
र समयमा रासायनिक मलको उपलब्धता रहेको केन्द्रले जनाएको छ ।
- न्युज बहार संवाददाता