Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

९ महिनाको अवधिमा १९ करोड रुपैयाँभन्दा बढीको लसुन नेपाल भित्रीयो

  •   २ वर्ष अघि | १२ बैशाख २०८१, बुधबार

बैशाख १२, काठमाडौँ । ९ महिनाको अवधिमा नेपालले १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको छ । नेपालले विदेशबाट चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैत महिनासम्मको अवधिमा १९ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको तथ्याङ्कले देखाएको छ ।

यस अवधिमा १२ लाख किलोग्राम लसुन भित्रिएको र यसबापत आयातकर्ताले ४ करोड ७० लाख रुपैयाँ राजश्व बुझाएको भन्सार विभागले जनाएको छ । विशेष गरी चीन र भारतबाट नेपालमा लसुन आयात हुने गरेकोमा यस अवधिभर चीनबाट १ करोड १६ लाख रुपैयाँ र भारतबाट १७ करोड ५० लाख रुपैयाँको लसुन भित्रिएको तथ्याङ्कले देखाएको छ ।

नेपालबाट समेत विदेशतर्फ लसुन निर्यात हुने गरेको तर यो न्यून मात्रामा रहेको भन्सार विभागको तथ्यांकले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप