पुस १६, काठमाडौँ । २५ लाख रुपैयाँ खर्चेर सुन्दरहरैँचा नगरपालिकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ।
पालिकाले
किसानसँग २५ प्रतिशत लागत साझेदारीमा प्रदेश सरकारसँगको समन्वयमा उक्त कार्यक्रम
कार्यान्वयन गरेको हो।
नगरपालिकाको
कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईका अनुसार कार्यक्रमअन्तर्गत दुई सय २६ घार र
मौरी पनि किसानलाई प्रदान गरिएको हो ।
यस कार्यक्रममा
२१ किसान परिवार सहभागी रहेका छन ।
भट्टराईका अनुसार सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा
तोरीखेती हुने गर्दछ । सोही कारण मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको हो ।
- न्युज बहार संवाददाता