फागुन २१, इलाम । इलाम जिल्लाको रोङ गाउँपालिका–४ कोल्बुङस्थित चार सय ५६ घरपरिवार आबद्ध भएको इको चिया उत्पादक सहकारी संस्थाका एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु थालेका छन् ।
गत वर्ष सहकारीमार्फत
गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न तालिमसँगै अनुदान पनि उपलब्ध गराएपछि
यहाँका किसान चियाका साथै बेसारखेतीमा पनि अकर्षित भएका हुन् ।
अन्य
खेती गर्दा बाँदरले दुःख दिएर खेती नै गर्न मन नलाग्ने भइरहेको समयमा सहकारीले बेसारको बीउ अनुदान दिएपछि कृषकले बारीभरि
बेसार लगाएका छन ।
याहाँका
एक किसानले एक रोपनी जमिनमा ४० केजी बेसार रोपेकोमा ४०० केजी बेसर फलेको जनाएका छन
। यसरी उत्पादन हुँदा उहाँ खुसी देखिइका छन । बेसार खेति गर्दा बाँदरले दुःख नदिने
र सहकारीले बारीबाट नै लैजाने भएकोले बजार नाइएला कि भन्ने तनाब पनि नरहेको
कृषकहरु बताउँछन ।
याहाँ
उत्पादन भएको बेसार प्रतिकेजी तिस रुपैयाँ दरले बिक्री हुने गरेको छ । पहिले–पहिले आफुलाई वर्ष भरी कानको
लागि मात्र रोपिने बेसारको अहिले व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन
थालेको स्थानियहरु बताउँछन ।
- न्युज बहार संवाददाता