Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै

  •   २ वर्ष अघि | २ जेष्ठ २०८१, बुधबार

जेठ २, म्याग्दी । आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा देशका भिरपहरामा गरिने महसिकार विकास हुन थालेको छ । 

महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको म्याग्दी जिल्ला धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताएका छन ।

उनका अनुसार अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको हो । यसरी जोखिम मोलेर निकालिएको भिरमहको अत्यधिक माग हुने र भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गर्ने गरेका छन् ।

एउटा महसिकार टोलीमा कम्तीमा पनि १० जना सहभागी हुने गरेका छन । कास्की, बागलुङबाट पनि म्याग्दीका महसिकारीलाई ज्याला दिएर बोलाउने गरेका छन् ।

सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनका अनुसार भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ)मा झुण्डिएर मह निकालिन्छ ।  

मह सिकारका लागि वसन्त र शरद् ऋतु उपयुक्त समय मानिन्छ ।

  • न्युज बहार संवाददाता

थप