Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

खेर गएको खेले पालुङ्गे सागबाट मनग्य आम्दानी

  •   ३ वर्ष अघि | ६ फाल्गुन २०८०, आइतवार

फागुन ६, नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्को कावासोती नगरपालिका–७ का किसान लक्ष्मी महतोका दम्पती नै खोले पालुङ्गे भनेर चिनिने सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन । महतो दम्पतीले विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएका छन  भने उनिहरुले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गर्ने गरेको बताएका छन ।

किसान लक्ष्मीका अनुसार मङ्सिरदेखि चैतसम्म सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले राम्रो आम्दानी दिने गरेको छ । उनले  केही वर्षअघिसम्म चैतेधान लगाउने गरेको जमिनमा पालुङ्गे साग लगाउन थालेकी हुन । उनका अनुसार “चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भएको र यसमा सामान्य जैविक मल प्रयोग गर्दा हुने अरू केही गर्नु नपर्ने हुनाले चैतेधानभन्दा सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको हो ।

सागको यामअनुसार साग बिक्री गरेर महतो दम्पतीले तीन महिनामा नै रु तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन । लक्ष्मीका अनुसार माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेका छन । पालुङ्गे साग मङ्सिरमा लगाउँदा चैतसम्म उत्पादन हुने गर्दछ । उनले खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लगेकी थिइन । बजार पुर्याउँदा अधिकांशले यो साग मन पराएको महतो बताउँछिन । बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले जानकारी दिइन् ।

  • न्युज बहार संवाददाता

थप