असार ९, म्याग्दी । सहरी क्षेत्रका उपभोक्ताको पहिलो रोजाइमा यतिबेला लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो
पर्ने गरेको छ।
बर्खायाममा लेकाली क्षेत्रमा पाइने यस्ता तरकारी जन्य बनस्पतिले अहिले
गाउँका बासिन्दाको आय आर्यजनमा केही हद सम्म सहयोग गरेको छ। दुई हजार ५०० देखि तीन हजार ५०० मिटर
उचाइको भूगोलमा पाइने ढकायो, च्याउ र टुसा सङ्कलन गर्ने मुख्य समय असार महिना हो। बर्खा सुरु भएसँगै लेकाली क्षेत्रका बसिन्दा
समूह बनाएर च्याउ, टुसा र ढकायो टिप्न जङ्गल जान थालेका छन्।
बजारमा माग बढेपछि टुसा, च्याउ र ढकायो
साग आम्दानीको स्रोत बनेको गाउँमा बसोबास गर्ने अधिकांशले बताएका छन भने अर्को तर्फ गाउँमा सडक सुविधा भएपछि लेकको ताजा तरकारी सहजै बजारमा पुग्न
थालेको छ।
यस याममा गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र ढकायोको परिकार चखाइनुका साथै यो गाउँबाट सहर झर्दा लैजाने कोशेली पनि बनेको छ।
याहाँका होटल सञ्चालक हस्तमाया तिलिजा पुनले खोप्रा लेकमा पुगेर तीन
बोरा ढकायो टिपेर ल्याएको बताउँछिन । उनका अनुसार होटलमा आउने पाहुनालाई चखाउन, बजारका
आफन्तलाई कोशेली पठाउन र ढकायोको गुन्द्रुक बनाउन तथा रातो च्याउ टिप्ने र टुसा भाचिने गरिन्छ।
जङ्गलमा विभिन्न अवरोध सहेर भएपनि सहरमा अत्याधिक माग भएकाले खेर गइरहेको
च्याउ, टुसा र ढकायो
विपन्नको लागि आम्दानीको स्रोत पनि बनेको छ।
उक्त ताजा च्याउ
प्रतिकेजी रु एक हजार १०० र ढकायोको गुन्द्रुक प्रतिकेजी रु दुई हजारमा बिक्री हुने गरेको छ। त्यस्तै टुसा प्रतिमुठा रु २०० का दरले बिक्री हुन्छ। गाउँको गुर्जा, कुइने, मङ्गले, नारच्याङ, घ्यासीखर्क, पाउद्वार, दाना,दोवा, मुना, मल्कवाङ, खिवाङ, बगर, खोरीयाको जङ्गलमा रातो च्याउ, टुसा र ढकायो प्रशस्त मात्रामा पाइन्छ।
- न्युज बहार संवाददाता