Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फुल खेतिमा राम्रो प्रतिक्रिया, महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

कात्तिक १, तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा संलग्न भएका छन् । यस क्षेत्रका महिलाहरू यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध भइ फूल उत्पादनमा जोडिन पुगेका हुन् । 

महिलाहरूलाई पछिल्लो केही समय यहाँ उत्पादित फूलमार्फत आत्मनिर्भर बन्न सहयोग पुगेको छ । यहाँका महिलाहरूले गत वर्षदेखि संगठित रूपमा सयपत्री उत्पादन गर्न थालेका हुन । गाउँपालिका कृषि शाखा प्रमुखका अनुसार सयपत्री उत्पादनका साथै त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको जानकारी दिएका छन ।

अहिले गाउँपालिका कृषि शाखाले सयपत्री फूलको बजारीकरणमा सघाउँदै आएका पनि छ । बजारीकरणका साथै कतारलगायत अन्य देशमा पनि सयपत्री फूल पठाउन सकिन्छ कि भनेर समन्वय भइरहेको छ । गत वर्ष यहाँका महिलाले २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका थिए । फुल खेतिबाट राम्रो प्रतिक्रिया पाएपछि अहिले फुलको खेती दोब्बर क्षेत्रफलमा विस्तार गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप