Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चैते धान नबिकेपछि किसान चिन्तित

  •   २ वर्ष अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, झापा । झापाको कचनकवल गाउँपालिकाका किसान गत चैतमा उत्पादित  चैते धान नबिकेपछि चिन्तित बनेका छन् । कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाका अनुसार केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरेका थिए तर अहिले बिक्री ठप्प भएको छ ।

उनले भने, “मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ, किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ ।” धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले खेतमा धान पाकेर अलपत्र परेको र किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढेको बताएका छन । सरकारले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुपर्ने उनको माग छ ।

किसानका अनुसार चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था हुँदैन, उचित मूल्य नपाए पनि बेच्नैपर्ने बाध्यता रहेको छ । कचनकवल क्षेत्रमा विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि धान उत्पादन वृद्धि भएको छ ।

  • न्युज बहार संवाददाता

थप