Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि, मकै छाडेर कफी खेती तर्फ आकर्षित हुँदै किसानहरु

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, धुलिखेल । महाभारत गाउँपालिका–५ का किसानहरुले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भइसकेको छ । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि त्याहाँका किसानले मकै छाडेर कफी खेतीमा सुरु गरेका हुन । 

यसअघि मकै खेतीको भरमा रहेका किसानले तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर कफी खेती सुरु गरेका थिए । हाल नयाँ बोटहरु रोप्ने तयारीमा किसानका बारीभरि खाल्डो बनाएका छन् ।

प्रति किसान यो वर्ष मात्रै चार सय किलो फलेको उनिहरुले बताएका छन । काँचो कफी प्रतिकिलो एक सय ३० र सफा गरेर सुकाएपछि आठ सय ३० सम्ममा विक्री गरको कृषकले बताएका छन । 

यो क्षेत्रका अधिकांश किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । उत्पादन भएको कफी बिक्रीका लागि बजारसम्म धाउनु नपर्ने, घरमै खरिद गर्न व्यापारी आउने भएकाले पनि जिविकोपार्जनमा टेवा पुगेको उनिहरु बताउँछन् ।

मकै खाद्यान्नका रुपमा मात्रै रहेको र कफीबाट नगद प्राप्त गर्न सकिने भएकाले मकैभन्दा कफी सबैको रोजाइ बन्न थालेको अधिकांशले बताएका छन ।  

स्थानीय सरकारले सिंचाइको व्यवस्था गरिदिए अझ उत्पादन वृद्धि गर्न सकिने कृषकको भनाइ रहेको छ ।

  • न्युज बहार संवाददाता

थप