Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भाजी र माटेसागमा भेटियो अत्याधिक विषादीको मात्रा

  •   १ वर्ष अघि | ६ बैशाख २०८२, शनिबार

बैशाख ६, झापा । भाजी र माटेसागमा अत्याधिक विषादीको मात्रा भेटिएको छ ।

नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजारमा बिक्रीका लागि ल्याइएका ल्याइएको उक्त सागमा विषादी भेटिएको नेपालगञ्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ । प्रयोगशालाका अनुसार बजारबाट सङ्कलन गरेर ल्याइएका तरकारीको नमूना परीक्षण गर्दा भाजी र माटेसागमा विषादीको मात्रा फेला परेको हो ।
गत चैतमा विषादी परीक्षणका लागि प्रयोगशालामा ल्याइएको भाजीको साग एक र माटेसागको दुईमा नमूना परीक्षण गर्दा विषादीको मात्रा अधिक (रेड लेबल) पाइएको र उपभोग गर्न नमिल्ने भएको हो । बाँकेकौ हिरमिनिया क्षेत्रमा उक्त साग उत्पादन भएर रानीतलाउ तरकारी बजारमा बिक्रीका लागि ल्याइएको थियो ।
चैतमा रानीतलाउबाट तरकारीजन्य वस्तुको नमूना सङ्कलन गर्दा धेरैजसो गुणस्तरीय नै पाइएको तर भाजी र माटेसागको तीन वटा नमूनामा मात्रै विषादीको मात्रा भेटिएको हो । 
नेपालका विभिन्न जिल्ला र भारतबाट नेपालगञ्ज आउने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच प्रयोगशालामा हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप