मंसिर
२३, दाङ । व्यावसायिक रूपमा मौरीपालन गरेका दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय
दीपकुमार मगरले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसकेको छ । उनले व्यावसायिक
मौरीपालनबाट एक याममा रु १२ लाखको मह बेच्ने गरेका छन । उनको दैनिकी सधैँ जसो मौरीको
हेरचाहमा नै बित्ने गरेको छ ।
उद्यमी
मगरको मौरी फार्ममा दुई सय घार क्षमता छ । तर अहिल उनको फर्ममा ८६ मौरीसहितका घार रहेका
छन । उनका अनुसार वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको र परिवारले यस कार्यमा
सहयोग गर्दै आएका छन ।
मगरले सुरुमा रोल्पा हुँदा मौरीपालन तालिम लिएका थिए । तालिमपछी
उनी व्यावसायिक मौरीपालनमा लागेको थिए । उनले उत्पादन गरेको मह केही
बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ
भने धेरैजसोले
घरमा नै आएर मह किनेर लैजाने गरेका छन । किसान मगरका अनुसार
मौरीपालनमा
चोखो आम्दानी हुन्छ त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएका छन ।
अहिले उनको
फार्ममा मेरीफेरा, युरोपिय, सेरेना,इटालियन, जातका मौरीका घार छन् ।
उनले मौरीपालनबाट
वार्षिक रु १२ लाख आम्दानी गर्ने गरेका छन ।
- न्युज बहार संवाददाता