जेठ २, तनहुँ । एक सय किसानलाई तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । किसानको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका
अनुसार मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने
लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध
गराइएको हो । पालिकाले किसानलाई कृषि क्षेत्रमा आत्मनिर्भर
बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा प्राथामिकता दिँदै
आएको हो ।
पालिका कार्यालयका अनुसार गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट
क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लागेको छ ।
- न्युज बहार संवाददाता