असार ३, काठमाडौँ । उखु उत्पादक किसानलाई रु एक अर्ब ६० करोड अनुदान उपलब्ध गराउन नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले माग गरेका छन् ।
महासङ्घले उखु उत्पादक किसानलाई दिइँदै आएको अनुदानलाई निरन्तरता दिँदै
चालु आर्थिक वर्षको अनुदान करिब रु एक अर्ब ६० करोड किसानलाई यथाशीघ्र भुक्तानी
गर्नुपर्ने माग गरेका हुन् ।
यसका
साथै महासङ्घले दुग्ध उत्पादक किसानहरुको वक्यौता रकम
यथाशीघ्र भुक्तानी गर्नुपर्ने, धान
र मकैका लागि अति आवश्यक रहेको रासायनिक मलको पर्याप्त उपलब्धताको सुनिश्चितता
गर्नुपर्ने समेत माग गरेका छन ।
- न्युज बहार संवाददाता