Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धान काटिसकेपछी बिना खन जोत लसुन खेति, नेपालमा वार्षिक कति उत्पादन हुन्छ लसुन?

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

मंसिर १२, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक रूपमा ९ हजार हेक्टर क्षेत्रफलमा ७२ हजार मेट्रिक टन लसुन खेती हुने गरेको छ ।  ९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा आर्थिक वर्ष २०७९/०८० मा लसुन खेती गरिएको थियो । 

९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा गरिएको लसुन खेतीबाट ७३ हजार ५ सय ६७ सय मेट्रिक टन लसुन उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि कन्चनपुर, कैलाली, बर्दिया लगायतका थारु समुदायले खनजोत बिनै लसुन खेती गर्दै आएका छन् । यसरी खनजोत बिना नै लसुन खेती गर्ने प्रविधि पछिल्लो समय देशका अन्य विभिन्न स्थानमा पनि देखिन थालेको छ ।

बिशेष त नेपालका पश्चिम तराई क्षेत्रमा जिल्लाहरुमा बिना खनजोत नै लसुन खेती हुँदै आएको छ । हिउँद याममा धान काटिसकेपछि धान काटी सकेर बाँकी रहेको जारा (थोस्न) मा लसुन रोपेर बिना खनजोत नै लसुन खेती गर्ने गरिन्छ । हाल यो प्रविधीबाट नेपालका अन्य स्थानमा पनि लसुन खेति गर्न थालिएको छ ।

  • न्युज बहार संवाददाता

थप