फागुन ११, स्याङ्जा । स्याङ्जा जिल्लाको चापाकोटमा पर्ने विभिन्न
स्थानका स्थानियहरुले सामूहिक आलुखेती गरिरहेका छन ।
झण्डै
चार सय रोपनीमा जमिनमा चापाकोट नगरपालिकाको वडा नं ८ र ९ का तीन वटा सहकारीमा
आबद्ध कृषकहरूले सामूहिक आलुखेती गरेका हुन्।
चापाकोटस्थित
रत्नपुर बहुउद्देश्यीय सहकारी संस्था, रत्नपुर साना किसान कृषि सहकारी संस्था, र नवदृष्टि कृषि सहकारी संस्थामा
आबद्ध कृषकले सामुहिक आलु खेती गरिरेका छन ।
सामूहिक
आलुखेतीमा वडा नं ८ र ९ का झण्डै दुई सय कृषक प्रत्यक्ष सहभागी भएका छन । चिप्स
बनाउने कम्पनीसित सम्झौता भएकाले यहाँ उत्पादन हुने आलुको लागि बजारीकरणका कुनै
समस्या नभएको स्थानियले बताएका छन ।
'चिप्स
बनाउने कम्पनीसित आलु बिक्रीकालागि सम्झौता भएकाले यहाँ उत्पादन भएको सबै आलु कम्पनिले
खरिद गरेरे लाने गरेको छ । गरेपनिसोही कारण बजार पाउँदैन कि भनेर पिरोलिनुपर्ने
अवस्था कृषकलाई छैन ।
याहाँ आलु खने पछि कम्पनीलाई खबर गरिन्छ र कम्पनीले चलनचल्तीको
भाउमा आलु खरिद गरेर लैजाने गरेको छ ।
सामुहिक
आलु खेतिमा यसवर्ष झण्डै चार सय टन आलु उत्पादन हुने अनुमान गरिएको छ ।
- न्युज बहार संवाददाता