Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सिराहको बारिमा फले पहेँलो र गुलाबी रङ्गका काउली

  •   ३ वर्ष अघि | २४ माघ २०८०, बुधबार

माघ २४, सिरहा । सिरहा जिल्लाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका रंगिन काउली फलाएका छन । उनको तरकारी बारीमा पहेँलो र गुलाबी रङ्गका काउली फलेको छ । यसरी रंगिन काउली फलेपछी उक्त काउली हेर्न आउनेको अहिले घुइँचो नै लागेको छ । 

उनका अनुसार वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा रंगिन काउलीको फोटो देखेको र स्वदेश फर्किएपछि  भारतबाट काउलीको बीउ ल्याएर परीक्षणका लागि पाँच धुर जग्गामा लगाइएको हो । उक्त रंगिन काउलीको उत्पादन राम्रो र बजार पनि राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने उनले जाकारी दिए ।

उनको बारीमा फलेका रंगिन काउलीको रङ्ग सहित स्वाद पनि फरक छ ।  त्यसले गर्दा बजारमा पुर्याउनसाथ बिक्री बइहाल्ने गरेको छ । किसान साहका अनुसार यो रंगिन जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्न जान्छ । उनले दुइ दिन अघि मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय  दरले बिक्री गरेका थिए। 

उनका अनुसार अहिले खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको छ । 

  • न्युज बहार संवाददाता

थप