Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुविधासम्पन्न जीवनशैली त्यागेर घुम्ती भेडीगोठ र भेडाबाख्रा पालनामा रमाएका एक किसान

  •   ३ वर्ष अघि | ६ फाल्गुन २०८०, आइतवार

फागुन ६, म्याग्दी ।  म्याग्दीका हिमबहादुर छन्त्यालको दैनिकी दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने र राती त्रिपाल मुनि बित्ने गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष बितिसकेको छ । करिब करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएका उनले भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठमा नै बस्ने निर्णय गरेका हुन ।

उनीले सहरको सुविधासम्पन्न जीवनशैली त्यागेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका हुन । उनको अधिकांश समय उच्च पहाडी, पहाडी र हिमाली क्षेत्रका जङ्गल, वन, बुकी र खर्कमा बित्ने गरेको छ । करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म उनले सञ्चालन गर्दै आएका छन्। सोही गोठका भेडाबाख्रा लिएर उनी हिउँदमा बेँसीका फाँटसम्म त कहिले बर्खा लागेपछि हिमालका बुकीहरूमा पुग्ने गरेका छन ।

मुस्ताङका हिमाली जङ्गलमा करिब तीन महिनासम्म हुर्काएका भेडाहरूलाई यतिबेला उनले आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको छन । अहिले मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उनले भेडीगोठ राखेका छन । किसान छन्त्यालका अनुसार मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा उनी गाउँमा आउन सफल भएका हुन ।

उनी घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको बताउँछन । उनका अनुसार पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, तर अहिले त्यो परम्परागत पेसा हराएर जान थालेको छ । उनीले आफ्नो बाबुबाजे सबैले यहीँका भिर–पाखामा पसिना बगाउनुभएको र आफ्ना जिजुहरूले पनि भेडापालन नै गर्नुभएले पुर्खाको पेसालाई पछ्याउँदै आफु पनि भेडीगोठ पसेको बताए ।

  • न्युज बहार संवाददाता

थप