Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बगरमा लहरे तरकारी खेती गर्दै पाँच सय किसान

  •   २ वर्ष अघि | ६ जेष्ठ २०८१, आइतवार

जेठ ६, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का स्थानियका जमिन पहिले भन्दा घटेको छ । पहिले भएको जमिनमध्ये आधा जसो जमिन दोदा नदीले कटान गरेर बगरमा परिणत भएको छ । लालझाडी गाउँपालिका–४ का मन्तोरा रानाको दुई बिघा जमिन अहिले ५ कठ्ठा मात्र बाँ की छ ।

यहाँका स्थानीहरुको जमिन दोदामा उर्लेर आउने बाढीले बगर बनाएर विस्थापित गरेको छ । बर्सेनि कटान र डुबान समस्या झेलिरहेका स्थानियले त्यही बगर भएको तटीय क्षेत्रका गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् ।

स्थानियका अनुसार बर्खामा दोदाले दिने दुःख भुल्दै अहिले यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिरहेका छन ।”

दोदा नदीको तटिय क्षेत्रमा करिब पाँच सयभन्दा बढी परिवारले अहिले बगरखेती गरिरहेका छन् । दोदाको बगरमा काँक्रा, तरभुजा, लौका, फर्सीलगायत लहरेबाली खेती गरिएको छ । बगर खेतीका लागि माघदेखि बगरमा तयारी गर्ने गरिन्छ । 

थप